• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी

      आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले भन्यो– कुनै निर्णय भएको छैन

      निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा

      नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह

      असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

      शेष घलेले निर्माण गरिरहेको होटल र ‘द लक्जरी कलेक्सन होटल’बीच सम्झौता, अध्यक्ष म्यारियटद्वारा अवलोकन

      सरकारले कानुनमै उल्लेख गरेर रक्सीमाथि प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव

      शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

      रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

      ‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

      नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

      छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

      भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

      साहित्यकार खुशीराम डौलियाका २० कृति एकैसाथ विमोचन

      नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    होमपेज /  अन्य

    भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २४, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।

    स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो भ्रमणले नेपाल–भारतबीचको अन्योन्याश्रित तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरे ।

    उनका अनुसार भ्रमणका क्रममा जुन ६, २०२६ मा भारतको नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको थियो । उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षबारे व्यापक तथा उपलब्धिमूलक छलफल भएको उनले बताए ।

    उनले भने, ‘यस भ्रमणले नेपाल र भारतबीचको अन्योन्याश्रित र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिएको छु । भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक भेटवार्ताका साथै प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो। दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो ।’

    मन्त्री खनालका अनुसार व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरीय सम्बन्ध अभिवृद्धि लगायतका विषयमा दुवै पक्षबीच ठोस छलफल भएको थियो । साथै, दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वार्ताका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान भएको उनले जानकारी दिए ।

    उनले भने, ‘वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदलगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भयो। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं। साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरियो।’

    भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि छलफल भएको मन्त्री खनालले बताए । उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षमा विचार आदानप्रदान भएको उनले बताए ।

    उनले भने, ‘भ्रमणका क्रममा भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि छलफल भयो। उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भयो।’

    सीमा समस्याका विषयमा बोल्दै उनले नेपाल र भारतबीच रहेका द्विपक्षीय संयन्त्रहरूले निरन्तर काम गरिरहेको उल्लेख गरे । कालापानी–लिपुलेक हुँदै मानसरोवर यात्राको मार्ग भारत र चीनबीचको सहमतिमा खोलिएको विषय सार्वजनिक भएपछि नेपालले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक कूटनीतिक नोट पठाइसकेको जानकारी पनि उनले दिए ।

    उनले उक्त नोटमार्फत नेपालले आफ्नो स्पष्ट अडान राखेको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई वार्ता, कूटनीतिक माध्यम तथा विद्यमान द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने नेपालको पुरानै धारणा रहेको स्पष्ट पारे। यस विषयमा भारत पक्षसँग पनि कूटनीतिक ढंगले समाधान खोज्ने विषयमा छलफल भएको उनले बताए ।

    ‘पछिल्लो समय सीमाका हकमा पनि द्विपक्षीय संयन्त्रहरूले काम गरिरहेका छन्। कालापानी–लिपुलेक हुँदै मानसरोवर यात्राको बाटो भारत र चीनले सहमतिका साथ खोलेको भन्ने कुरा आइसकेपछि परराष्ट्र मन्त्रालयले औपचारिक कूटनीतिक नोट पठाइसकेको थियो। त्यसमा हामीले आफ्ना स्पष्ट अडानहरू राखेका थियौं। यस विषयमा दुवै पक्षले वार्तामार्फत सीमासँग सम्बन्धित विभिन्न विषयहरूलाई कूटनीतिक माध्यमबाट र हाल क्रियाशील संयन्त्रहरूका माध्यमबाट समाधान गर्ने भन्ने हाम्रो पहिलेदेखिको अडान रहेको छ। कूटनीतिक ढंगले समाधान गर्ने विषयमा हाम्रो छलफल भएको छ ।’ परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणमा गएका थिए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

    शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

    अमेरिकाबाट धुर्मुस नेपाल फर्किए, कुञ्जनाको भावुक अपिलः ‘भागेको होइन, न्याय खोजिरहेका धुर्मुसलाई साथ दिनुहोस्’

    ‘बियन्ड आयलः गल्फ राष्ट्रहरूको आर्थिक चमत्कार’ पुस्तक विमोचन

    चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म

    तस्विरमा ‘फिन इलेक्ट्रो–टेक २०२६’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा…

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल…

    नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य…

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ :…

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑