• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एसीसी महिला प्रिमियर कपः भुटानमाथि नेपालको लगातार दोस्रो जित

      जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

      निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

      सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

      आजको मौसम : मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

      शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै्

      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

      स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

      आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

      जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

      दुई संसदीय समितिको बैठक बस्दै 

      कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

    होमपेज /  विश्व

    इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २१, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ ।

    द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

    इरानी वार्ताकारहरूले कुनै ठोस कदम चाल्नुअघि नै पहिलो चरणमा रकम फुकुवा हुनुपर्ने अडान कायम राखेका छन् । यता वाशिङ्टनले भने आणविक कार्यक्रम र होर्मुज जलमार्ग सम्बन्धी महत्वपूर्ण प्रगतिबिना कुनै आर्थिक सहुलियत नदिने स्पष्ट पारेको छ । यद्यपी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्झौता हुने वा नहुनेबारे निश्चितता नभए पनि निकट भविष्यमा सहमति सम्भव रहेको बताए ।

    ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन चाहेको पनि दोहो¥याए । उनका अनुसार उक्त सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता अमेरिका र चीनसँग मात्र छ ।

    क्षेत्रीय सुरक्षा अवस्था भने थप तनावपूर्ण बनेको छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक घटना हो ।

    भारतको विदेश मन्त्रालयले मृतक भारतीय नागरिक रहेको पुष्टि गर्दै नागरिक पूर्वाधारमाथिको आक्रमणको निन्दा गरेको छ । कुवेती रक्षा मन्त्रालयका प्रवक्ता साउद अब्दुलअजिज अल–अतवानका अनुसार ३० वटा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो, जसबाट विमानस्थल भवनमा ठूलो भौतिक क्षति पुगेको छ । यद्यपि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आईआरजीसीले अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीमा आएको खराबीका कारण क्षति भएको दाबी गरेको छ ।

    अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमण असफल बनाइएको जनाएको छ । सेन्टकमका अनुसार कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै निष्क्रिय भएका थिए भने बहराइनतर्फ लक्षित तीन मिसाइल अमेरिकी र बहराइनी सुरक्षाबलले अवरोध गरेका थिए । यसैबीच क्षेत्रीय तनावका बाबजुद अर्को कूटनीतिक मोर्चामा सकारात्मक प्रगति भएको छ । अमेरिकी मध्यस्थतामा भएको पछिल्लो वार्तापछि इजरायल र लेबनान युद्धविराम कार्यान्वयनमा सहमत भएका छन् ।

    संयुक्त वक्तव्यअनुसार युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन हिजबुल्लाहले सबै आक्रमण बन्द गर्नुपर्ने तथा दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकु हटाउनुपर्ने सर्त राखिएको छ । यो सहमति लेबनानमा सम्भावित सैन्य कारबाहीबारे इजरायलले दिएको चेतावनीपछि आएको हो । इरान–अमेरिका वार्ता, खाडी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र इजरायल–लेबनानबीचको युद्धविराम प्रयासले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषण गरिएको छ

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँदिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

    कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?

    नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

    १४ लाख बढी किसानको ऋण मिनाहा गर्ने तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा

    होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    तापक्रम ४६ डिग्री माथि पुगेपछि आकाशबाट चरा बेहोस भएर खसे, हीटस्ट्रोकबाट १६ जनाको मृत्यु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसीसी महिला प्रिमियर कपः भुटानमाथि नेपालको लगातार दोस्रो…

    जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ…

    जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ…

    दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको…

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू…

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    आर्थिक

    सुनको मूल्य स्थिर, चाँदी घट्यो

    समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑