सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी ।भारतको राजधानी नयाँदिल्लीको मालवीय नगर क्षेत्रमा रहेको ‘फ्लोरिश स्टे’ होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
चारतले भवनमा सञ्चालित उक्त होटलमा बिहान आगलागी सुरु भएपछि आगो तीव्र रूपमा फैलिएको थियो। भवनभित्र फसेका पाहुना र कर्मचारीको उद्धारका लागि आठ वटा दमकल परिचालन गरिएको थियो। लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उद्धारका क्रममा ४० भन्दा बढी व्यक्तिलाई सुरक्षित बाहिर निकालेर नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक विवरणअनुसार मृतकमध्ये धेरैजना विदेशी नागरिक रहेका छन्। उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए। मृतकमध्ये बंगलादेश, नाइजेरिया, मोजाम्बिक र लाइबेरियाका नागरिकसमेत रहेको बताइएको छ।
आगोबाट जोगिन केही मानिसहरूले माथिल्लो तलाबाट हाम फालेका थिए। स्थानीय बासिन्दाले उद्धारमा सहयोग गर्दै तल गद्दा बिछ्याएर फसेकाहरूलाई बचाउने प्रयास गरेका थिए।
आगलागीको कारणबारे हालसम्म स्पष्ट हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य अझै जारी रहेको बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा