सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । चीनबाट हुने विद्युतीय सवारी साधन (ईभी) को निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। ब्लूमबर्गले भन्सार तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार गत अप्रिल महिनामा चीनको ईभी निर्यात ४० प्रतिशतले बढेको हो। यससँगै विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा चीनले आफ्नो अग्रता अझ मजबुत बनाएको छ।
तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै चीनले २ लाख ७८ हजार ८१ वटा ईभी विदेश निर्यात गरेको छ। सन् २०२६ को सुरुदेखि हालसम्म चीनले कुल ८ लाख ९३ हजार ८ सय ५२ वटा ईभी निर्यात गरिसकेको छ।
क्षेत्रगत रूपमा हेर्दा एशिया चीनको सबैभन्दा ठूलो बजार बनेको छ। एशियाली देशहरूले मात्रै १ लाख १० हजार ६ सय १३ वटा चिनियाँ ईभी आयात गरेका छन्। त्यसपछि युरोपले ८३ हजार ८ सय १३ र ल्याटिन अमेरिकाले ५२ हजार ८ सय ९७ वटा ईभी आयात गरेका छन्।
ओसिनियामा २२ हजार ६ सय ९५ र उत्तर अमेरिकामा ४ हजार ४ सय २२ वटा चिनियाँ ईभी निर्यात भएको तथ्यांकमा उल्लेख छ।
शीर्ष १० निर्यात गन्तव्यमध्ये ब्राजिलमा चिनियाँ ईभीको माग सबैभन्दा धेरै बढेको देखिएको छ। ब्राजिलमा ईभी आयात २२१ प्रतिशतले वृद्धि भई ३८ हजार १ सय ४४ पुगेको छ। दक्षिण कोरिया, जर्मनी र अस्ट्रेलियामा पनि चिनियाँ ईभीको माग तीव्र रूपमा बढेको छ। ती देशहरूमा आयात १०० प्रतिशतदेखि १९० प्रतिशतसम्मले वृद्धि भएको जनाइएको छ।
अमेरिका र युरोपले चिनियाँ सवारी साधनमाथि विभिन्न प्रतिबन्ध र उच्च कर लगाइरहेका बेला पनि चीनको निर्यात दर भने तीव्र गतिमा बढिरहेको छ। अमेरिकाले चिनियाँ ईभीमा १०० प्रतिशत भन्सार शुल्क लगाएको छ भने केही चिनियाँ सफ्टवेयर प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ।
यस्तै, युरोपेली संघले चिनियाँ ईभीमा अधिकतम ३५.३ प्रतिशतसम्म कर लगाउने नीति अपनाएको छ। तर, यी प्रतिबन्धका बाबजुद चीनले एशिया, ल्याटिन अमेरिका र अन्य उदीयमान बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको देखिएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीन विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक देश हो। सन् २०२५ मा विश्वभर उत्पादन भएका २ करोड २० लाख ईभीमध्ये करिब ७५ प्रतिशत चीनमै उत्पादन भएका थिए।
सन् २०२५ मा चीनको ईभी निर्यात २५ लाख पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। आईईएका अनुसार अमेरिका र युरोपबाहेकका बजारमा गत वर्ष बिक्री भएका कुल ईभीमध्ये ५५ प्रतिशत हिस्सा चिनियाँ मोडलहरूले ओगटेका थिए।
आईईएले सन् २०२६ मा विश्वव्यापी ईभी बिक्री २ करोड ३० लाख पुग्ने अनुमान गरेको छ, जुन कुल सवारी बिक्रीको करिब ३० प्रतिशत हुनेछ। गत वर्ष मात्रै विश्वभर २ करोडभन्दा बढी ईभी बिक्री भएका थिए, जसले कुल सवारी बिक्रीको करिब एक चौथाइ हिस्सा ओगटेको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा