सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । भारतको तमिलनाडु सरकारले सीमान्त किसानहरूलाई ठूलो राहत दिने निर्णय गर्दै सहकारी बैंकमार्फत लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण माफी गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री विजय थलापतिले सोमबार सचिवालयमा आयोजित उच्चस्तरीय समीक्षा बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्। सरकारले किसानहरूको आर्थिक भार कम गर्न र कृषि क्षेत्रलाई राहत दिन यो योजना ल्याइएको जनाएको छ।
सरकारी निर्णयअनुसार सहकारी बैंकबाट बाली ऋण लिएका सीमान्त किसानहरूको ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिनेछ। त्यस्तै, ठूला किसानहरूलाई पनि पाँच हजार रुपैयाँसम्मको राहत उपलब्ध गराइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सनसहित विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
मुख्यमन्त्री कार्यालयले आफ्नो आधिकारिक एक्स खातामार्फत जानकारी सार्वजनिक गर्दै यो योजनाबाट करिब १४ लाख २२ हजार किसान प्रत्यक्ष लाभान्वित हुने जनाएको छ।
राज्य सरकारका अनुसार ऋण माफी तथा राहत कार्यक्रम कार्यान्वयनका लागि करिब २ हजार ४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सरकारले किसानहरूको उत्पादन क्षमता वृद्धि, कृषि क्षेत्रमा स्थायित्व तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन यो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा