• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

      उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

      फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

      सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

      बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

      दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार

      बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग

      भोटेकोशी बाढी अपडेट : १ हजार ३९७ जनाको शव फेला

    होमपेज /  शिक्षा

    चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १४, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६५ पटक पढिएको
  • जाजरकोट । कक्षा १२ को राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ ।

    कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारमसंगै कागजात नै राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ ।

    प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम अनलाइनमा दर्ता गरे नि पछि ११९ जनाको मात्र राजस्व संकलन गरी आवश्यक कागजात बोर्डमा पठाएको देखिएको छ ।

    ती विद्यार्थीहरूको मात्र प्रवेशपत्र आएर परीक्षा दिइरहेका छन् भने बाँकी विद्यार्थीहरू कागजात नपठाइएकै कारण परीक्षा दिनबाट वञ्चित भएका छन् ।

    अझ गम्भीर कुरा के छ भने, अघिल्लो वर्ष नै कक्षा १२ उत्तीर्ण गरिसकेका एक विद्यार्थीको समेत फारम भरेर बोर्डमा पठाइएको भेटिएको छ ।

    प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी नरेश कुमार भट्टराईका अनुसार उक्त त्रुटि भेटिएपछि ती विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

    अन्य विद्यार्थीको कागजात किन नपठाएको हो ? भनेर बुझ्दा विद्यालयले उनीहरूले कागजात नबुझाएको भन्दै पत्र पठाएको उनले बताए । तर पीडित विद्यार्थीहरू अनुसार परीक्षा आवेदन फारम खुलेको केही दिनमै सबै प्रक्रिया पूरागरी विद्यालयका कर्मचारी घनश्याम सिंहलाई बुझाइएको थियो ।

    ‘फारम छुट्न नदिन भनेर हामीले पटक पटक प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहलाई समेत आग्रह गरेका थियौं,’ एक विद्यार्थीले भने, ‘तर अन्तिममा हाम्रो फारमसंगै कागजात नै पठाइएन छ, यदि फारमसंग कागजात थिएनन् भने विद्यालयले हामीलाई जानकारी गराउनुपर्थो एकचोटी पनि उक्त कुरा भनिएन र कागजात समेत फारमसंगै बुझाएको भनिएको छ ।’

    विद्यार्थीहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँका दरले राजस्व बुझाएको दाबी गर्दै बिलसमेत नदिएको गुनासो गरेका छन् । ‘हामीले सबै प्रक्रिया पूरा गर्दा पनि परीक्षा दिनबाट वञ्चित हुनुप¥यो, यो सरासर अन्याय हो,’ उनीहरूले भने ।
    स्थानीय बासिन्दा तथा अभिभावकहरूले विद्यालय प्रशासनको लापरवाहीले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको आरोप लगाएका छन् ।

    उनीहरूले दोषीमाथि कडा कारवाही गर्न र पीडित विद्यार्थीलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

    परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो चरम लापरवाही हुनु गम्भीर प्रश्नको विषय बनेको छ । सम्बन्धित निकायहरू मौन बसेको अवस्थामा निर्दोष बिद्यार्थीले वर्षदिनको मेहनत गुमाउनुपरेको छ, जसले शिक्षा प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

    विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहले भने यसघि नै केहि कागजात छुटेका कारण केही विद्यार्थीको प्रवेश पत्र नआएको हुन् सक्ने बताएका थिए ।

    देशभर आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ भने यस बर्ष देशभरबाट कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागि भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४…

    फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑