सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने उल्लेख गर्दै निष्पक्ष र प्रभावरहित छानबिनका लागि आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास भए सुशासन र जनविश्वासमा गम्भीर आघात पुग्ने चेतावनी दिएको छ। साथै, तत्काल उच्चस्तरीय छानबिन थाल्न सरकारसँग आग्रह गरेको छ।
विवादस्पद व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्, जसले राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा