• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा

      भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

      मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

      अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

      अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी 

      हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

      फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 

      रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

      मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

      फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

      फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

      भरतपुरमा रास्वपाको महाधिवेशन जारी, केन्द्रीय सदस्यका उम्मेदवारहरू मत माग्दै 

      रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

      सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

    होमपेज /  राजनीती

    बर्लिनमा नेपाली श्रमिकप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धता, राईले उठाए नेपालको मुद्दा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख ५, शनिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९१ पटक पढिएको
  • नेपालमा ट्रेड युनियन खारेजीको विषयमाथि बर्लिनमा छलफल

    बर्लिन । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (आईटीएफ) को दुई दिने विश्व कार्यसमिति बैठक जर्मनीको बर्लिनमा सम्पन्न भएको छ ।

    विश्वका विभिन्न महादेशमा कार्यालय रहेको यस फेडेरेशनमा करिब ७५० भन्दा बढी यातायात क्षेत्रका मजदुर युनियनहरू आबद्ध छन् भने विश्वभर दुई करोडभन्दा बढी सदस्य रहेका छन् ।

    बैठकले विभिन्न समसामयिक मुद्दाहरूमा छलफल गर्दै विश्वभरका यातायात मजदुरहरूको सशक्तीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ । साथै, अमेरिका–इरान तनावका कारण श्रमिकहरूमा परेको प्रभाव, विशेषगरी जलयानमा कार्यरत श्रमिकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ ।

    बैठकका अवसरमा विश्व कार्यसमिति सदस्य, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव तथा नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार अजयकुमार राईले नेपालमा हालै उठेको ट्रेड युनियन खारेजी सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए । उनले सरकारको प्रस्तावित नीतिमा उल्लेख गरिएको ट्रेड युनियन खारेजी कदम अन्यायपूर्ण भएको बताए ।

    राईले २००७, २०४६ तथा २०६२÷०६३ का लोकतान्त्रिक आन्दोलनहरूमा नेपाली श्रमिकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै त्यसैको परिणामस्वरूप आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको बताए ।

    उनले नेपालको संविधान, ट्रेड युनियन ऐन, श्रम ऐन तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अभिसन्धिहरूले युनियन खोल्ने अधिकार सुनिश्चित गरेको अवस्थामा युनियन खारेजीको प्रस्ताव असंगत रहेको धारणा व्यक्त गरे ।

    उनले कुनै समस्या भए सामाजिक संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै सुशासन र शून्य भ्रष्टाचारका पक्षमा नेपाल ट्रेड युनियन कांग्रेस सधैं प्रतिबद्ध रहेको र सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए ।
    बैठकमा फेडेरेशनका अध्यक्ष पैडी क्रमलिनले नेपाली श्रमिकप्रति ऐक्यबद्धता जनाउन प्रस्ताव राख्दा सहभागिहरूले एकमतले ताली बजाउँदै समर्थन जनाएका थिए ।

    त्यस्तै, महासचिव स्टिफन कटनले नेपालमा भइरहेको गतिविधिहरूलाई नजिकबाट अवलोकन गरिरहेको र श्रमिक अधिकारको पक्षमा फेडेरेशन सधैं उभिने बताए । आवश्यक परे सरकार र ट्रेड युनियनबीच संवाद हुनुपर्नेमा उनले जोड दिए ।

    उक्त फेडेरेशनले रेल, सडक, जलयान, हवाई, बन्दरगाह तथा पर्यटनसहित आठवटा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूलाई संगठित गर्दै आएको छ । प्रत्येक वर्ष दुई पटक हुने विश्व कार्यसमिति बैठकमा विश्वभरका करिब ८० जना मजदुर नेताहरू सहभागी हुने गर्दछन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी…

    ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट…

    भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास…

    मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑