सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मीनबहादुर शाही ले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का प्रचार विभाग प्रमुख शाहीले निर्वाचनको परिणामलाई स्वीकारेर अघि बढ्नु नै उचित हुने बताएका हुन्।
उनले भने, “अहिले सबै फैसला आइसकेको छैन। जनताको अभिमतबाट प्रकट हुने निर्णय जे हुन्छ, त्यो निर्णय स्वीकार्नुपर्छ। सबै नेतृत्वले स्वीकार्नुपर्छ। हामीसँग स्वीकारेर जानुको विकल्प हुँदैन।”
शाहीका अनुसार जनताको अभिमत लोकतन्त्रको मुख्य आधार भएकाले त्यसलाई सम्मान गर्दै राजनीतिक दलहरूले आगामी दिनमा संगठन सुदृढीकरण र राजनीतिक मूल्य–मान्यता स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ।
उनले निर्वाचनको अन्तिम परिणाम आएपछि पार्टीले समिक्षा गर्दै भावी रणनीति तय गर्ने पनि संकेत गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा