सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।
सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन् ।
नेपाली काँग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका ध्रुव कुमा शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन् ।
यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । देवकोटाले ३१५ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन्
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा