• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल

      प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

      निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक : आयोग

      सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

      पर्यटन, रोजगारी र सुशासनमा रूपान्तरणको प्रतिवद्धता : गगन थापा

      गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

      फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

      उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

      अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

      मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

      जिल्ला प्रशासन काठमाडौंले लगायो होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक

      गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

      सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

      निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

      बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

    होमपेज /  राजनीती

    पर्यटन, रोजगारी र सुशासनमा रूपान्तरणको प्रतिवद्धता : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १५, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६९ पटक पढिएको
  • पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई देशको स्थिरता, विकास र लोकतान्त्रिक मार्गको संरक्षणसँग जोडिएको ऐतिहासिक अवसर भएको बताएका छन् ।

    पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनले देशलाई अतिवादबाट जोगाउने कि अस्थिरतातर्फ धकेल्ने भन्ने निर्णायक मोडमा ल्याएको बताए । उनले विगतका हिंसात्मक घटनाहरू र त्यसले दिएको घाउ सम्झाउँदै अब नेपालले कुनै पनि प्रकारको द्वन्द्व, विभाजन वा अस्थिरता सहन नसक्ने स्पष्ट पारे ।

    उनले भने, ‘अब नेपालले न जातीय द्वन्द्व, न धार्मिक विभाजन, न मधेस–पहाडको टकराव, न शहर–गाउँको दूरी सहन सक्छ। देशलाई सम्हाल्दै अघि बढाउनुपर्छ, तर सँगसँगै विकासको गति पनि दिनुपर्छ।’

    थापाले नेपाली कांग्रेस नयाँ सोच, नयाँ शैली र परिणाममुखी दृष्टिकोणसहित अघि बढेको दाबी गरे । उनले सरकार बनेमा भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता हुने उल्लेख गर्दै शक्तिशाली छानबिन आयोग गठन गरी उच्च राजनीतिक नेतृत्वदेखि सम्पत्ति अनुसन्धान सुरु गरिने बताए ।

    उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र रोजगारीमा पाँच वर्षभित्र गुणात्मक परिवर्तन ल्याउने योजना कांग्रेसले बनाइसकेको छ ।

    गण्डकी प्रदेशको उदाहरण दिँदै उनले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने भए पनि नीति र व्यवस्थापन अभावले अपेक्षित लाभ लिन नसकिएको बताए ।

    उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, पर्यटनको ठूलो सम्भावना छ। तर पर्यटक आएर मात्र हुँदैन, पर्यटनले आसपासका गाउँ, पहाड र स्थानीय अर्थतन्त्रसँग जोडिनुपर्छ। पर्यटनबाट गुणस्तरीय रोजगारी सिर्जना गर्न सक्नुपर्छ।’
    थापाले कांग्रेसले विगत सात वर्षदेखि पर्यटन, पूर्वाधार, स्थानीय अर्थतन्त्र र रोजगारीबीच सम्बन्ध जोड्ने अध्ययन गरेको र अब त्यसलाई कार्यान्वयन गर्ने समय आएको बताए ।

    उनका अनुसार पर्यटनलाई शहरकेन्द्रित नभई क्षेत्रीय विकाससँग जोडेर गाउँसम्म आर्थिक लाभ पु¥याउने योजना कांग्रेसको प्राथमिकतामा छ ।

    थापाले कांग्रेसले सरकार गठन भए मासिक रूपमा देश र जनतासामु कामको प्रगति सार्वजनिक गर्ने प्रणाली लागू गर्ने बताए ।

    ‘वैशाख १ गते योजना सार्वजनिक गर्छौँ, जेठ १ गते त्यसको पहिलो परिणाम जनतालाई सुनाउँछौँ। प्रत्येक महिना हिसाब बुझाउने प्रणाली बसाल्छौँ,’ उनले भने।

    थापाले मतदातालाई भावनात्मक अपिल गर्दै आगामी पाँच वर्षलाई प्रयोगको समय नभई परिणामको समय बनाउनुपर्ने बताए।उनले कांग्रेसलाई पुरानो पार्टी भए पनि आफूहरू नयाँ सोच, नयाँ नेतृत्व र नयाँ संकल्पसहित आएको दाबी गर्दै पुरानोका राम्रो मूल्य जोगाएर नयाँ ऊर्जा थप्ने नीति अपनाइएको उल्लेख गरे।

    कार्यक्रममा उनले कास्कीका कांग्रेस उम्मेदवारहरूलाई समर्थन गर्न कार्यकर्तालाई घरदैलोमा सक्रिय हुन आग्रह गरे। सामाजिक सञ्जालमा मात्र बहस गरेर परिवर्तन सम्भव नहुने भन्दै उनले मतदातासम्म प्रत्यक्ष पुग्नुपर्नेमा जोड दिए।

    थापाले देश सञ्चालन सबै राजनीतिक शक्तिको सहकार्यबाट मात्र सम्भव हुने बताउँदै भविष्यमा सहकार्य, संवाद र सहमतिमा आधारित राजनीति आवश्यक रहेको धारणा राखे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

    अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

    एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

    काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

    लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक…

    सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

    राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु…

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    गृहमन्त्री विभिन्न जिल्लाका मतदान स्थलको अनुगमनमा

    मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

    आर्थिक

    सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑