• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह

      कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

      काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

      लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

      वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

      धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

      कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

      सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

      एउटा केपी ओलीलाई हटाउन गरिएको जेनजी आन्दोलनको ५० खर्बको क्षति स्वीकार्य छैन : विश्लेषक केसी

      निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

      परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक सम्पन्न

      कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

      बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : विमला घिमिरे

      रामेछापमा ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील

      लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

    होमपेज /  राजनीती

    काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १४, बिहिबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५१ पटक पढिएको
  • काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीन ओटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

    प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।

    उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

    यसैगरी उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्ट सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रुपमा विकास गरिने प्रतिज्ञा पत्रमा छ ।

    प्रतिज्ञा पत्रले उपत्यका भित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने भनिएको छ । यस्तै उपत्यकाका नदीको संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरूलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्नेसमेत प्रतिज्ञा पत्रमा उल्लेख छ ।

    शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वशुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउँदै लगिने काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारहरूको प्रतिज्ञा गरेका छन् ।

    प्रतिज्ञा पत्रले उपत्यकाको एकीकृत भू उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापन सहितको पुनःरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्व चेतावनीसहितका कमाण्ड सेन्टर सञ्चालनमा ल्याउने विषय समेटेको छ ।

    बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवा लक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमान असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउनेसमेत उम्मेदवारहरूले साझा प्रतिज्ञा गरेका छन् ।

    उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुनःभरण योजना तर्जुमा गरी कार्यान्वयन गरिनेसमेत उम्मेदवारहरूको प्रतिज्ञा पत्रमा छ ।
    कार्यक्रममा बोल्दै महामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको भन्दै एक्ला एक्लै भन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको बताए ।

    ‘यस प्रतिज्ञा पत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्नका लागिसमेत मार्ग दर्शन गर्नेछ’, उनले भने ।

    प्रतिज्ञा पत्रमा काठमाडौं १ का उम्मेदवार प्रबल थापा, काठमाडौं २ का उम्मेदवार कविर शर्मा, काठमाडौं ३ का उम्मेदवार रमेश अर्याल, काठमाडौं ४ का उम्मेदवार सचिन तिमिल्सना तथा महामन्त्रीसमेत रहेका काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ ।

    यसैगरी काठमाडौं ६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौं ७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौं ८ की सपना राजभण्डारी, काठमाडौं ९ की नानू बास्तोला तथा काठमाडौं १० का उम्मेदवार हिमाल कार्कीको प्रतिबद्धता समेत छ ।

    कांग्रेसका तर्फबाट ललितपुर १ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर २ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले समेत प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै भक्तपुर १ का उम्मेदवार किरण न्यौपाने र भक्तपुर २ का उम्मेदवार कबिर राणाको पनि प्रतिबद्धता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

    लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

    कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

    लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

    रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

    संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले…

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ :…

    काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन…

    लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ :…

    निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले…

    परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा…

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र…

    आर्थिक

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑