• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

      कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

      सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

      जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

      शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

      युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

      डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

      माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

      दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

      चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

      स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

      सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

      धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

      बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

      मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    होमपेज /  मुख्य समाचार

    बालेन शाहद्वारा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक [पूर्णपाठ]

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ११, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • २२० पटक पढिएको
  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

    घोषणापत्र सार्वजनिक गर्दै उनले आफू संघीय सांसद भएको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बताएका छन् ।
    राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उनको प्रतिबद्धता छ ।

    उनले स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रुपमा प्रस्तुत गर्ने, नेपाल सरकार र जेनजीबीच भएका सम्झौताको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने र स्थानीय तथा प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने उल्लेख गरेका छन् ।

    बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२-थिति बसाल्ने सङ्कल्पू कार्यान्वयन को नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    उनले नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने अठोट गरेका छन् ।

    झापा ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने, मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित ,गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने, काठमाडौं महानगरमा लागू भएजस्तै शिक्षामा सीप कार्यक्रम कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनिकरण गरिने, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    दमक-रवि चिसापानी सडक यथाशीघ्र सम्पन्न गरि संचालनमा ल्याइने, ‘हाम्रो रंगशाला, हाम्रै पहिचान’ को भावना अनुरूप आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने ‘आदिवासी जनजाति रंगशाला‘ निर्माण गरिने र विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    यसैगरी, कृषि तथा रोजगारी क्षेत्रमा कन्काई-रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइने, प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिने र कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि ‘गौरादह कृषि भण्डारण केन्द्र’को स्थापना गर्ने बताए ।

    उनले आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रकृयालाई सरलिकृत गरिने, कृषिमा महिलालाई प्रोत्साहन गर्न र महिला कृषि कर्जा कार्यक्रम’मार्फत सहुलियत दरमा वित्तीय पहुँच सुनिश्चित गरिने, सीपमूलक तालिममार्फत अपाङ्गता भएका व्यक्ति र एकल महिला लक्षित रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने बाचा गरेका छन् ।

    यस्तै, पर्यटन तथा उद्योग क्षेत्रमा गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइने र सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने उनले उल्लेख गरे ।

    खेलकुदतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित बहुआयामिक खेलकुद एकेडेमी निर्माण गरिने दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरी झापा ५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुयाइने र खुल्ला खेल मैदानहरुलाई संरक्षण तथा आवश्यकता अनुसार स्तरोन्नति गरिने घोषणा उनले गरे ।

    स्वास्थ्यतर्फ गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने ,अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्टाई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था सशक्त रुपमा कार्यन्वयन गरिने, दमक अस्पताललाई पहिलो चरणमा तीनसय शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिने लगायतको प्रतिबद्धता उनको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ…

    सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण…

    जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी…

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति…

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑