सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले उक्त तीन दिन बिदा दिने निर्णय गरेको हो। निर्वाचन व्यवस्थापन र मतदातालाई सहज रूपमा मतदानमा सहभागी गराउने उद्देश्यले बिदा दिइएको जनाइएको छ।
यसअघि फागुन १८ र १९ गते फागु पूर्णिमा (होली)का अवसरमा सार्वजनिक बिदा रहनेछ। त्यसपछि २०, २१ र २२ गते चुनावको बिदा, २३ गते शनिबारको नियमित बिदा तथा २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको बिदा परेकाले लगातार सात दिन सार्वजनिक बिदा हुने भएको छ।
लगातारको बिदाले सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाहरूमा सेवा प्रवाह प्रभावित हुने भए पनि निर्वाचनमा नागरिकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा