सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेणु दाहाल ले प्रतिनिधिसभा सदस्य पदका लागि घरदैलो अभियान तीव्र बनाएकी छन्। उनले अभियानका क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई अत्यन्त उत्साहित बनाएको बताइन्।
भरतपुर महानगरपालिकामा ९ वर्षे कार्यकाल पूरा गर्दै आएको अनुभवलाई आधार मान्दै उनले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताले जनताबाट अपार स्नेह पाउन सक्ने अनुभूति भएको पनि बताइन्।
निर्वाचनमा सहभागी भएपछि जीत र हार दुवैलाई स्वीकार्न तयार रहेको उनले उल्लेख गर्दै मतदाताको विश्वास र साथले फराकिलो मतान्तरमा विजयी हुने आशा व्यक्त गरिन्।
यसैबीच, मत सर्वेक्षणको नाममा केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाइन्। यस्ता गतिविधिले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने भएकाले कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न उनले आग्रह गरिन्।
रेणु दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको सहयोग आवश्यक रहेको पनि बताइन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा