सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुर–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम थापाले चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले “१ भोट देश बचाउन, अर्को १ भोट देश बनाउन” भन्ने नारा अघि सार्दै मतदातामाझ घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्रता दिएका हुन्।
घरदैलोका क्रममा थापाले देशको वर्तमान राजनीतिक अवस्थालाई परिवर्तन गर्न निर्णायक जनमत आवश्यक रहेको बताएका छन्। उनले स्थिर शासन, सुशासन, राष्ट्रियता सुदृढीकरण तथा आर्थिक सुधारलाई आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन देशको भविष्य निर्धारण गर्ने अवसर भएको दाबी गरे।
“प्रत्येक मतले राष्ट्रको दिशा तय गर्छ, त्यसैले मतदाताले सचेत र विवेकपूर्ण निर्णय गर्नुपर्छ,” थापाको भनाइ छ। उनले युवादेखि ज्येष्ठ नागरिकसम्म सबै वर्गलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
भक्तपुर–२ मा चुनावी माहोल दिनानुदिन तातिँदै जाँदा थापाको नारा सामाजिक सञ्जाल र स्थानीयस्तरमा चर्चाको विषय बनेको छ।
परिचय:
विक्रम थापा वाणिज्य शास्त्र र कानुन शास्त्रमा स्नातक हुन्। उनी पेशाले कानुन व्यवसायी हुन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा