सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको लक्ष्य दिएको छ।
मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्न बाध्य नेपाल ३ बल बाँकी रहँदै १ सय २३ रनमा अलआउट भएको हो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३ रन जोड्दा आसिफ शेखले २० रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे।
अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। लोकेश बम र गुल्सन झा समान ३–३ रनमा आउट हुँदा कुशल भुर्तेल र सन्दीप लामिछाने समान ५–५ रनमा पेभेलियन फर्किए। नन्दन यादव र ललित राजवंशी शून्य रनमै आउट भएका थिए।
नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन। यद्यपि अन्तिमतिर करण केसीले केही आक्रामक शट खेल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए।
इटलीले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटलीबीच यो पहिलो भेट हो। यद्यपि ५० ओभरको खेलमा भने दुवै टोली तीन पटक आमनेसामने भइसकेका छन् र ती सबै खेलमा नेपाल विजयी भएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा