सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एम.डि.आर.टी. सम्मान तथा तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सम्पन्न भएको हो।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी (Million Dollar Round Table) ले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन लक्ष्य पूरा गर्ने नेपालभरका ८३ जना अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ। सम्मानित हुनेमध्ये टिओटी (Top of the Table) मा २ जना, सिओटी (Court of the Table) मा ४ जना र एमडिआरटी मा ७७ जना अभिकर्ता रहेका छन्।
कार्यक्रमको उद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा सहभागि अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा सफलता हासिल गर्ने उपाय, व्यवसायिक दक्षता अभिवृद्धि तथा निरन्तर एमडिआरटी लक्ष्य पूरा गर्ने रणनीतिबारे उदाहरणसहित उत्प्रेरक तालिम प्रदान गर्नुभएको थियो।
समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरु गरिएको जानकारी दिनुभयो। उहाँले एमडिआरटी २०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गर्नुभयो।
त्यसैगरी कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्न ल्याएको ‘चेज योर एमडिआरटी’ मासिक योजनामा सफल अभिकर्ताहरूलाई तोकिएको प्रोत्साहनसमेत प्रदान गरिएको थियो। कार्यक्रममा सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि विशेष सम्मान गरिएको छ।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलज्यूले सहभागिहरूलाई स्वागत गर्नुभएको थियो भने नायब महाप्रबन्धक प्रज्वल सायमीज्यूले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको उक्त समारोहमा सम्मान ग्रहण गरेका बिजनेस लिडरहरूले आफ्नो मेहनतको कदर भएको र यस्तो सम्मानले अझ उत्साह र गर्व बढाएको प्रतिक्रिया व्यक्त गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा