सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलनका आधारमा बागमती प्रदेशबाट योग्य ठहर भएका ५०० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा बागमती प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। सो अवसरमा सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई औपचारिक रूपमा सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको शुभारम्भ सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो। उहाँले बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गर्नुभयो। साथै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो। सोही क्रममा कोड र सञ्जालतर्फबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरियो।
समारोहमा सीईओ खत्रीले नेपालभरबाट १,६०० भन्दा बढी अभिकर्ता सीईओ क्लब कार्यक्रममा छनोट हुनु यस योजनाको सफलता भएको उल्लेख गर्दै यस्ता प्रोत्साहनात्मक योजनालाई निरन्तरता दिइने बताउनुभयो। बीमा अभिकर्ता पेशा सेवाभावसँग जोडिएको पवित्र पेशा भएको उल्लेख गर्दै इमान्दारिता र निरन्तरताले सफलता सुनिश्चित गर्ने धारणा पनि उहाँले राख्नुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले विजेता अभिकर्ताहरूलाई मोटिभेसनल तालिम दिनुभएको थियो। बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र **नारायणथान शाखाकी रविना के.सी.**ले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए।
सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको तालिम र शीर्ष नेतृत्वबाट प्राप्त सम्मानले आफूहरूमा थप ऊर्जा र उत्साह थपिएको प्रतिक्रिया दिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा