• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

      राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

      मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

      ट्रक पदुर्घटना हुँदा एक जनाको मृत्यु

      बलिउड अभिनेता प्रदीप रावतको निधन

      अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

      नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

      ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै 

      बलिउड अभिनेता प्रदीप रावतको निधन

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही

      छ वटा संसदीय समितिको बैठक बस्दै

      अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      आन्तरिक उडानको भाडा बढ्यो

      अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

    होमपेज /  आर्थिक

    अशक्तहरुले सहज रुपमा बैंकिङसेवा लिनका लागि हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ : खोमराज शर्मा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष ९, बुधबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४१ पटक पढिएको
  • काठमाडौं । नेपालमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुलाई बैंकिङ सेवा लिन सकस भएकाले त्यस्ता व्यक्तिलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्ने नेपाल दृष्टि विहीनसंघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले बताएका छन् ।

    अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा आफ्ना धारणा राख्दै उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरु अपाङ्गता मैत्री नभएको उनले बताए । सोहि कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा बैंकिङ सेवा लिन नपाएको तितो यर्थाथलाई उनले उजागर गरे ।

    उनका अनुसार सबै बैंकहरुले एटिएम मेशीनमा भ्वाइस सर्भिस नराख्दा दृष्टिविहीनहरुलाई एटिएम सर्भिस लिन समस्या भएको छ । साथै दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई चेकबुक लिनमा पनि बैंकले कडाई गरेको उनले बताए ।

    ‘दृष्टि विहीनहरुले चेकबुकमा हस्ताक्षर गर्दा एउटै खालको हस्ताक्षर गर्न समस्या हुँदा ल्याप्चे लगाउने सिस्टम भएपनि त्यो प्रभावकारी नहुँदा चेक बुक लिन समस्या छ । जसले गर्दा हामीजस्ता दृष्टिविहीनहरुलाई बैंकिङ सेवा लिनै समस्या छ,’ उनले भने ।

    यस्तै, अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल बैंकीङ सेवा लिन पनि समस्या रहेको बताउँदै उनले बैंकहरुले आफ्नो एपमा पैसा पठाउने बटन, लोड वालेट बटन छुट्टा छुट्टै बनाउनु पर्ने बताए । ‘हामी मोबाईल चलाउन नजान्ने हो्इनौं, हामी त मोबाईलको स्क्रीन अफ गरेरै मोबाईल चलाइदिन्छौं । तर, बैंकले हामीलाई त्यस्ता सेवाहरु सहज रुपमा दिनु पर्ने हुन्छ,’ उनले भने । ‘डिजिटल बैंकिङ सेवा लिँदा त्यहाँ राखिएको क्याप्चामा पनि अडियो सुनेर क्याप्चा टाइप गर्न मिल्ने खालको राख्नुपर्ने हुन्छ । यस्तो हुँदा हामीलाई सेवा लिन सहजता हुन्छ । यदि आवश्यक छ भने हामी बैंकलाई तालिम दिनपनि तयार छौं ।’

    बैंकमा जाँदा कर्मचारीहरूलाई अशक्तता सम्बन्धी आधारभूत जानकारीसमेत नहुने र शारीरिक अशक्तता भएका व्यक्तिहरूप्रति गर्ने व्यवहार पनि सन्तोषजनक नरहेको उनले गुनासो गरे ।

    डिजिटल बैंकिङ सबै नागरिकका लागि पहुँचयोग्य भएको दाबी गरिए पनि व्यवहारमा भने त्यस्तो हुन नसकेको भन्दै शर्माले बैंकहरूले ठूलो मात्रामा सम्भावित ग्राहक र बजार गुमाइरहेको गुनासो गरे । विशेषगरी दृष्टिविहीन तथा अन्य अशक्त व्यक्तिहरूका लागि बैंकिङ सेवा अझै पनि पहुँच बाहिर रहेको उनले बताए ।

    दृष्टिविहीन व्यक्तिहरूका लागि ट्याक्टाइल मार्ग केवल बैंक बाहिर मात्र होइन, बैंकभित्र पनि अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

    बैंकभित्र ट्याक्टाइल मार्ग भएमा कुन शाखा, काउन्टर वा सेवा कता छ भन्ने यस्ता विषयमा नेपाल राष्ट्र बैंकले अग्रसरता लिँदै बैंकका कर्मचारीहरूलाई अशक्तता सम्बन्धी तालिम दिन आवश्यक रहेको उनको माग छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा अशक्त व्यक्तिहरूका अधिकार सुनिश्चित गरिए पनि ती कानुन व्यवहारमा कार्यान्वयन नभएको शर्माले बताएका छन् । कानुनले सबैलाई समान अधिकार दिएको भए पनि व्यवहारमा त्यस्तो अधिकार प्राप्त गर्न नसकेको उनको भनाई छ ।

    नेपाल राष्ट्र बैंकले सबै नागरिकलाई समान सेवा सुविधा दिनुपर्ने भने पनि बैंकहरूले विभेद गरेको देखिएको आरोप उनले लगाए । यही अवस्था कायम रहे सार्वजनिक हित मुद्दा दायर गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिए ।

    केन्द्रीय तथ्यांक विभागकाल अनुसार नेपालमा दृष्टिविहीन व्यक्तिहरूको संख्या करिब १ लाख ४७ हजार र अन्य अशक्त व्यक्तिहरूको संख्या करिब साढे ६ लाख रहेको छ । बैंकिङ प्रणालीलाई समावेशी बनाउन सकेमा बैंकको कारोबारसमेत उल्लेख्य रूपमा वृद्धि हुने उनको विश्वास छ ।

    सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तथा पेपरलेस सेवा प्रवाहको कुरा गरे पनि त्यसअनुसारको प्रभावकारी कार्यान्वयन अझै देखिन नसकेको गुनासो गरिएको छ । यी सबै समस्या समाधानका लागि आवश्यक परे आफूहरू नै बैंकका कर्मचारीहरूलाई तालिम दिन तयार रहेको दृष्टिविहीन तथा अशक्त समुदायका प्रतिनिधिहरूले बताएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न…

    राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा…

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    आर्थिक

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑