सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनले भने,‘विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको छ । संम्वाद समितिमा कानून कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ । सदस्यमा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल हुनुहुन्छ ।’
त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा