सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी ७० रुपैयाँ ले घटेको हो।
महासंघले सार्वजनिक गरेको आजको दरअनुसार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ मा व्यापर भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ५५५ रुपैयाँ मा झरेको छ। बिहीबार चाँदी ३ हजार ६२५ रुपैयाँ मा कारोबार भएको थियो।
वैदेशिक बजारमा देखिएको उतार–चढाव, अमेरिकी डलरको प्रभाव तथा मुलुकको आन्तरिक माग–आपूर्तिको अवस्थाले सुन–चाँदीको मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरूले बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा