सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने प्रतिष्ठित ‘Excellence in Commercial Cards Business’ अवार्ड प्राप्त गरेको छ। भिसाले हालै आयोजना गरेको ‘Leadership Conclave Nepal 2025’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
यो सम्मान बैंकले व्यावसायिक कार्ड कारोबार क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन, सेवा विस्तार, नवप्रवर्तन तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको भिसा इन्टरनेशनलले जनाएको छ।
एनएमबि बैंकले पछिल्ला वर्षहरूमा कमर्शियल कार्ड सेवामा उल्लेख्य प्रगति गर्दै व्यवसायिक ग्राहकहरूलाई सहज, सुरक्षित र दिगो भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ।
बैंकले हाल २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार, ग्राहकमैत्री सेवा र प्रविधिमैत्री बैंकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउँदै वित्तीय पहुँच विस्तारमा निरन्तर कार्य गरिरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा