सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ – राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले रोकेको आदेश पालना नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना (Contempt of Court) सम्बन्धी निवेदन दर्ता भएको छ।
उक्त निवेदन अधिवक्ता प्रेम सिलवालले दायर गरेका हुन्। सिलवालले प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय दुवैले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत कदम चालेको भन्दै अवहेलनाको सजाय माग गरेका छन्।
सर्वोच्च अदालतले हालै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको थियो।
यसपछि सरकारले सम्बन्धित राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो, र उनीहरू हाल मन्त्रालयमै उपस्थित भइरहेका छन्।
सिलवालको दाबी अनुसार, यो कदम आदेशको भावना विपरीत भएकाले अदालतको अवहेलनामा पर्न जान्छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अवहेलना निवेदन दर्ता भइसकेको छ र पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको छ।
निवेदनमा प्रधानमन्त्री कार्की तथा परराष्ट्र मन्त्रालय दुवैलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपसहित कानूनी सजाय माग गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा