सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगो लगाएपछि, जलेको सम्पत्तिमा नेपाली र विदेशी मुद्राको अवशेष फेला परेको छ।
आन्दोलनका बेला प्रचण्ड निवासमा पैसाको थुप्रो जलेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (Financial Investigation Department) ले छानबिन सुरु गरेको थियो।
विभागले प्राप्त फरेन्सिक रिपोर्ट अनुसार, जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्रा अवशेष रहेको पुष्टि भएको छ। जलेको घरको खरानी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र विभागको संयुक्त टोलीले संकलन गरी नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो।
हालसम्म विभागले रिपोर्ट सार्वजनिक गरेको छैन, तर स्रोतका अनुसार रिपोर्ट विभागमा आइपुगेको छ। विभागले जेलाइएका अन्य राजनीतिक दलका नेताहरूको घरको अनुसन्धान पनि जारी राखेको जनाएको छ।
यो घटनाले जेनजी आन्दोलनको समयमा भएको आर्थिक र राजनीतिक क्षतिको चित्र अझ स्पष्ट बनाएको छ। आगामी दिनमा विभागको सार्वजनिक प्रतिवेदनले घटनाको पूर्ण विवरण दिने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा