सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो व्यवसायमा धेरै उतार–चढाव आए पनि सबै आरोप र क्षतिलाई धैर्यका साथ स्वीकार गरेको बताएका छन्। कर दिवसका अवसरमा सरकारले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले भाटभटेनीमा भएको ठूलो आगलागी र लुटपाटलाई ‘स्वीट पेन’ को रूपमा लिएको बताए।
गुरुङका अनुसार आफूमाथि कहिले कीर्ते, कहिले जेल, कहिले आगजनीको आरोप लागे पनि आफू विचलित नभएको बताए। भाटभटेनीले कर तिरेर बचेको नाफाबाट स्वास्थ्य क्षेत्रलगायत सामाजिक काममा ठूलो सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे।
आर्थिक वर्ष २०८१/८२ मा भाटभटेनी सुपर मार्केट सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ र गुरुङलाई सरकारबाट उत्कृष्ट करदाताको सम्मान प्रदान गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भाटभटेनीका धेरै शाखामा भएको आगलागीबाट १२ शाखा पूर्ण रूपमा नष्ट भएका थिए भने अन्य शाखामा तोडफोड र लुटपाट भएको थियो। ठूलो क्षति हुँदाहुँदै व्यवसाय उठाउन आफूले धेरै मेहनत गर्नुपरेको गुरुङको भनाइ छ।
उनले भने, “म डुब्दा बैंक डुब्छ, रोजगारी डुब्छ। त्यसैले फेरि उठेर काम गरेँ।”
हाल भाटभटेनीको वार्षिक कारोबार ३३ अर्ब रुपैयाँ पुगेको उनले बताए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा