सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिने क्रममा अनियमितता र दुरुपयोग भएको भन्दै CIB ले आइतबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।
CIB का अनुसार कार्कीलाई तत्कालीन सचिव लेखबहादुर कार्कीको बयानका आधारमा पक्राउ गरिएको हो। अनुसन्धानले कित्ता नम्बर ४६०६ को जग्गासँगै कित्ता ४६०५ समेत थप गरी लिजमा दिइएको र यसले नेपाल ट्रस्टलाई दीर्घकालीन हानी पुर्याएको देखाएको छ।
यो लिज सम्झौता २०७४ जेठ १४ गते, ३० वर्षका लागि गरिएको हो। CIB का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार अर्जुन कार्कीमाथि ठगी, आपराधिक विश्वासघात र राज्य सम्पत्तिको दुरुपयोग जस्ता आरोप लागेका छन्।
अदालतबाट अनुमति लिएर CIB ले कार्कीलाई पक्राउ गरेको हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा