सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल) का लागि सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्रीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख रमेश थापालगायत सुरक्षा निकायका अधिकारीसँग एनपीएलका तयारीबारे समन्वय बैठक गर्दै अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाउन निर्देशन दिए।
उनका अनुसार रात्रिकालीन समयमा पहिलोपटक आयोजना हुन लागेको खेल प्रतियोगिताले ठूलो भीड तान्ने भएकाले सुरक्षा व्यवस्था अझ सुदृढ र प्रभावकारी हुन आवश्यक छ।
गृहमन्त्रीको सचिवालयका अनुसार उनले खेल अवधिभर सुरक्षा निकायलाई चुस्त, दुरुस्त रहन, जोखिमयुक्त गतिविधि रोक्न र आपतकालीन स्थितिका लागि तत्काल प्रतिक्रिया प्रणाली तयार राख्न आग्रह गरेका छन्।
एनपीएल–२ सोमबारबाट सुरु हुँदैछ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा