सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह आज बिहान ललितपुर जिल्लास्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक केन्द्रमा पुगेर नेपालको सबैभन्दा ज्येष्ठ जीवित कुमारी धन कुमारी बज्राचार्यको दर्शन तथा विधिवत् पूजाअर्चना गर्नुभयो। वि.सं. २०११ देखि जीवित कुमारीका रूपमा सम्मानित धन कुमारी बज्राचार्यलाई भेटेर युवराज्ञीले टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ।
पूजाअर्चनापछि भएको टीका तथा प्रसाद ग्रहणले नेपालको कुमारी परम्परा, सांस्कृतिक आस्था र ऐतिहासिक धरोहरप्रति राजपरिवारको निरन्तर सम्मान झल्किएको जनाइएको छ।
राजपरिवारसँग जोडिएको यस भेटले ललितपुरको प्राचीन कुमारी–परम्पराको संरक्षण र सम्मानमा सकारात्मक सन्देश दिएको छ। साथै, नेपालको मौलिक सांस्कृतिक तथा धार्मिक मूल्यहरूको संरक्षण र निरन्तरताप्रति राजपरिवारको दृढ प्रतिबद्धता पुनः उजागर भएको बताइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा