सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)तिर लागेका नेता रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किएका छन्। सोमबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन्।
२०७८ सालमा एमाले विभाजन हुँदा झाँक्री र श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा गएका थिए। तर गत कात्तिक १९ गते समाजवादी दल माओवादी केन्द्रसहितका १० घटकसँग मिसिएपछि उनीहरू पुनः एमालेमा फर्किएका हुन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठसहित फर्किएका नेताहरूलाई खादामाला र पार्टीको झण्डा प्रदान गरेर स्वागत गरे। त्यस अवसरमा किसान श्रेष्ठ र पिताम्बर तिमिल्सिनाले ओलीलाई कलम प्रदान गर्दै “एकता र पुनःसंघठनको प्रतीक”का रूपमा सम्मान गरे।
सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा फर्किएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा फर्किएकाहरूलाई स्वागत गर्दै भने, “एमाले नै देशको राजनीतिक स्थायित्व र विकासको आधार हो। आफ्नो घर फर्किएका सबै साथीहरूलाई हार्दिक स्वागत छ।”
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा