सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको मेहनत र सफलतालाई सम्मानित गर्न “इलाईट लिडर्स कन्क्लेभ” भन्ने नाराका साथ तीन दिने “चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ।
ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा आ.व. २०८१/८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्ताहरूलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मीको प्रमुख आतिथ्यतामा चेयरपर्सन क्लब सदस्यता वितरण र सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्य अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्नुका साथै उनीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ। उक्त अवसरमा चर्चित मोटिभेटर प्रशिक्षक तथा पूर्वबैंकर अनिल केशरी शाहले प्रशिक्षण दिनुभयो। उहाँले कुनै पनि क्षेत्रमा नेतृत्व क्षमताको विकास गर्न सकेमा आफ्नो पेशामा सफल हुन सकिने बताउनुभयो।
त्यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले अभिकर्ताहरूलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीबाट हुन सक्ने जोखिम र त्यसका निवारण उपायहरू सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो।
कार्यक्रमको सभापति रहेका अध्यक्ष सिंहले लक्ष्य पूरा गरी सदस्यता प्राप्त गरेका अभिकर्ताहरूलाई बधाई दिँदै कम्पनीलाई अग्रस्थानमा पु-याउन अभिकर्ता समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको सबै संरचना सुदृढ र बोनस दर आकर्षक रहेको बताउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपालभरबाट उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने ७ जना अभिकर्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूलाई सम्मानपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ।
विविध मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएकोमा खुसी व्यक्त गर्दै कम्पनीप्रतिको आस्था र समर्पण अझ बढेको प्रतिक्रिया दिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा