सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र साह (बालेन)**विरुद्ध साइबर ब्युरोमा औपचारिक जाहेरी दर्ता गरेको छ। संघले मेयर साहलाई तत्काल पक्राउ गरी उनको राहदानी रोक्का गर्न माग गरेको हो।
संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङद्वारा दर्ता गरिएको जाहेरीमा मेयर साहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूविरुद्ध अशोभनीय र आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ।
जाहेरीमा भनिएको छ,
“यस्ता अभिव्यक्तिले केवल देशको आन्तरिक राजनीतिमा मात्र होइन, नेपालका अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रतिकूल प्रभाव पारेको छ।”
गत शनिबार मध्यराति मेयर साहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अमेरिका, भारत, चीनसहित प्रमुख दलहरूलाई लक्षित गर्दै तीव्र र आपत्तिजनक टिप्पणी गरेका थिए। ती पोस्ट उनले पछि हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
युवा संघका नेताहरूले जिम्मेवार पदमा रहेर यस्तो असंयमित र विवादास्पद अभिव्यक्ति दिनु अत्यन्त निन्दनीय भएको बताएका छन्।
संघका उपाध्यक्ष गुरुङले जाहेरीमा भनेका छन्,
“विदेशी मित्रराष्ट्रहरूविरुद्ध गालीगलौज गर्नुले नेपालका कूटनीतिक सम्बन्धमा आँच पुर्याउने खतरा छ।”
संघले मेयर साहले प्रमाण नष्ट गर्न सक्ने र विदेश पलायन हुन सक्ने सम्भावना रहेको दाबी गर्दै तत्काल नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गर्न माग गरेको छ।
जाहेरीमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, “निज विदेश भागी जाने र प्रमाण नष्ट गर्ने हुनाले तत्काल पक्राउ गरी राहदानी रोक्का राखी पाउँ।”

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा