सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरेको आरोप लगाउँदै गृहमन्त्रीको कामप्रति चर्को असन्तुष्टि जनाएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।”
उनले दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्राउ गर्न नसकेको उल्लेख गर्दै गृह प्रशासन पूर्ण रूपमा असफल भएको आरोप लगाए। गुरुङले थप लेखेका छन्, “देशको हितका लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ। किनभने मैले सोचेको थिएँ—कामले देखाउँछ र कामले बोल्छ। अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु, तर अब तपाईंबाट आशा मरिसकेको छ।”
उनले भदौ २३ र २४ गते भएको आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नका लागि नभएको स्पष्ट पार्दै भनेका छन्,
“हामीले आन्दोलन चुनाव सार्नका लागि होइन, व्यवस्था सुधार्नका लागि गरेका थियौँ।”
गुरुङले चेतावनी दिँदै भनेका छन्, यदि नेपाली जनता र जेनजीका मागहरू सम्बोधन गरिएन भने आगामी चुनाव हुन नदिने गरी आन्दोलन तीव्र बनाइनेछ।
उनको वक्तव्य सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बनेको छ। धेरै प्रयोगकर्ताले गृहमन्त्री अर्यालको कार्यशैलीमाथि प्रश्न उठाउँदै गुरुङको समर्थनमा टिप्पणी गरेका छन्।
यस विषयमा गृहमन्त्रालयले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा