• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  मुख्य समाचार

    सञ्चारमन्त्री खरेलको पहलमा काठमाडौंका यि १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक १९, बुधबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १७८ पटक पढिएको
  • काठमाडौं । अब काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा नागरिकले निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा राजधानीका १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको हो।

    मन्त्रालयका अनुसार, सेवा विस्तारका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका अस्पताल, मन्दिर, विमानस्थल, र सार्वजनिक सेवा प्रवाह हुने स्थानहरूमा वाइफाइ इन्टरनेट सेवा थप गरिएको छ। यसअघि नै सेवा उपलब्ध रहेका स्थानहरूमा मर्मतसम्भार, गुणस्तर सुधार र क्षमता वृद्धि गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो।

    यी स्थानमा नयाँ वाइफाइ सुविधा

    नयाँ वाइफाइ सुविधा नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध हुनेछ। साथै, काठमाडौंको ठूलोभर्‍याङ यातायात व्यवस्था कार्यालय, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना कार्य भइरहेको छ भने भक्तपुरको राधेराधे यातायात व्यवस्था कार्यालयमा नयाँ जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    नेपाल टेलिकम, वर्ल्डलिंक र भायनेटको सहकार्य

    निःशुल्क वाइफाइको दिगोपनाका लागि सम्बन्धित संस्थाहरूले सेवाप्रदायक कम्पनीहरूसँग औपचारिक सम्झौता गरेका छन्। नेपाल टेलिकम, वर्ल्डलिंक र भायनेट कम्पनीहरूले संयुक्त रूपमा वाइफाइ इन्टरनेट स्थापनाको जिम्मेवारी लिएका छन्।

    नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा यस कार्यलाई अघि बढाइएको हो। प्राधिकरणका अनुसार, यसअघि सेवा उपलब्ध रहेका वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबीपीएस ब्यान्डविथलाई बढाएर १५० एमबीपीएस बनाइएको छ।

    त्यस्तै, ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि इन्टरनेट कोटा १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ। यसले प्रयोगकर्तालाई सहज, द्रुत र स्थिर इन्टरनेट अनुभव दिनेछ।

    ३५ विमानस्थलमा पनि निःशुल्क वाइफाइको तयारी

    नेपाल टेलिकमले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ वटा विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने योजना बनाएको छ। यो योजना आगामी वर्षभित्रै कार्यान्वयनमा ल्याइने तयारी गरिएको बताइन्छ।

    भक्तपुर क्यान्सर अस्पतालमा ६ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा ५ वटा एक्सेस प्वाइन्ट स्थापना गरी नयाँ वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ।

    मन्त्री खरेलको पहल र पहिलो निर्णयको कार्यान्वयन

    गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले आफ्नो पहिलो निर्णयमा “दुई महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने” घोषणा गरेका थिए।

    मन्त्री खरेलका अनुसार, “सूचना प्रवाहको सहज पहुँच नागरिकको अधिकार हो। निःशुल्क वाइफाइले सेवाग्राही, विद्यार्थी, र ती क्षेत्रमा आउने सर्वसाधारण सबैलाई लाभ पुर्‍याउनेछ।”

    प्राविधिक सुधार र दिगो योजना

    मन्त्रालयले सेवा निरन्तरता सुनिश्चित गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत अनुगमन र मर्मत व्यवस्थापन प्रणाली समेत लागू गर्न लागेको जनाएको छ। वाइफाइ प्रयोगको पारदर्शिता र सुरक्षाका लागि पनि विशेष प्रविधि प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।

    सञ्चारमन्त्री खरेलको नेतृत्वमा सुरु भएको यो अभियानले काठमाडौं उपत्यकाको डिजिटल पहुँच विस्तारमा नयाँ माइलस्टोन स्थापित गरेको विशेषज्ञहरूले टिप्पणी गरेका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑