सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माइतीघरमा कात्तिक १६ गते प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। भुसाललाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भुसालले आगामी कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने घोषणा गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
उनको उक्त अभिव्यक्तिपछि नेपाली कांग्रेस निकट तरुण दलका एक कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए। मुठभेडको सम्भावना रहेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजी गरिरहेको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भुसाललाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याउँदै गरेको जनाएको छ।
यसअघि असोज २३ गते माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा पनि भुसाल पक्राउ परेका थिए। स्वास्थ्य परीक्षणका क्रममा उनले गाँजा सेवन गरेको पुष्टि भएपछि सुधार केन्द्रमा पठाउने सर्तमा परिवारको जिम्मामा छाडिएको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा