सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२ कात्तिक १२ गते सम्पन्न भएको छ। सभामा बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, सेयरधनी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सभाले शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअन्तर्गत ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) प्रदान गरिनेछ।
बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सेयरधनीहरूको खातामा वितरण गर्ने जनाएको छ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।
बैंकले गत वर्षका उपलब्धिहरू, डिजिटल बैंकिङ सेवाको विस्तार, ग्राहक सेवा सुधार र लगानी सन्तुलनमा हासिल प्रगतिका विषयमा पनि सभामा जानकारी गराएको थियो।
एभरेष्ट बैंकले देशभर १२० भन्दा बढी शाखा, ९ एक्सटेन्सन काउन्टर र सयौं एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा