सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २४ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन्। शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः नियुक्त गरेको हो।
आचार्य यसअघि पनि बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए। साधारणसभापछि नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएपछि उनले बैंकलाई अझ सशक्त र प्रविधिमैत्री बनाउँदै ग्राहक सेवाको गुणस्तर बढाउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार सम्पन्न साधारणसभाबाट आगामी चार वर्षका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट सुदीप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी, तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।
बैंकले हाल देशभरका शाखा सञ्जालमार्फत व्यापक बैंकिङ सेवा प्रदान गर्दै आएको छ र आगामी वर्षहरूमा सेवा विस्तार र डिजिटल नवप्रवर्तनमा अझ ध्यान दिने योजना रहेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा