• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

      दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

      केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

      ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

      बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

      टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ

      दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

      केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

      ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

      बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध नियन्त्रणसम्म

      भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम : रामहरी कार्की

      दुइ वटा संसदीय समितिको बैठक बस्दै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

    होमपेज /  कोशी

    कोशी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्यो, महानगरले सुरु गर्‍यो खोप अभियान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ अषाढ २७, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८३८ पटक पढिएको
  • खेमराज सापकोटा /   विराटनगर । भारतमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सर्तकता अपनाइएको छ ।

    सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान नै सञ्चालन गरेको हो ।

    महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीप यादवले उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएकाले महानगरपालिकाले खोप अभियान सञ्चालन गरेको जानकारी गराए ।

    खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध भएको र स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवको भनाइ छ ।

    ‘विगतमा पनि सङ्क्रमण आउँदाखेरि कहीँ कहीँ मात्रै आएको थियो तर सङ्क्रमण बढ्न थाल्यो र महामारीको नै रूप लियो अहिले पनि देश र विदेशमा पनि मृत्यु हुनेदेखि सङ्क्रमितको सङ्ख्यासम्म नै बढ्दै गइरहेको हो । हामीले विगतलाई पनि ध्यानमा राखेर अब ढिलाइ गर्नु हुँदैन भनेर तयारी थालेका हौँ,’ उनले भने

    सङ्क्रमण पुष्टि मात्रै नभएर असार महिनामा मात्रै कोशी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेको तथ्याङ्क सरकारसँगै छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ र इलामका एक÷एक जना महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

    मन्त्रालयले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै होम आइसोलेसनको व्यवस्था, नियमित परीक्षण, र खोप अभियानलाई पनि निरन्तरता दिन निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थी बताउँछिन् । ‘हामीले खोप अभियान समेत सञ्चालन गरेको अवस्था छ । सङ्क्रमणको सङ्ख्या समेत बढ्दै जाँदा जोखिम समेत बढ्दै जाने भएकोले हामीले तयारी अपनाएको हो । तर, अहिलै आत्तिनुपर्ने अवस्था चाहिँ होइन । लक्षित बर्गले खोप समेत लगाउन सक्नुहुन्छ,’ उनले भनिन् ।

    पन्थीका अनुसार कोशी प्रदेशमा पछिल्ला दिनमा नै २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ११ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्यको जोखिमलाई ख्याल गर्दै सीमा नाकाहरुमा समेत आवश्यक सतर्कता बनाइएको सरकारी दाबी रहेको छ ।

    महामारीका रूपमा विश्वव्यापी फैलिएको सङ्क्रमण पछिल्लो महिना केही देशहरूमा समेत तीव्र रूपमा फैलिरहेको छ । छिमेकी मुलुक भारतमा समेत तीव्र गतिमा बढी रहेको सङ्क्रमण खुल्ला सीमा र आवतजावतले थप नेपालमा फैलन सक्ने खतरा जानकारहरूले औँल्याएका छन् ।

    नागरिकले जनस्वास्थ्यका मापदण्ड पुरा गरेर मात्रै दैनिक जीवनयापन गर्नका लागि जनस्वास्थ्यका अभियान्ताहरुले सुझाव समेत दिएका छन् । नेपाल जनस्वास्थ्य सङ्घको केन्द्रीय महासचिव समेत रहेका जनस्वास्थ्यका अभियन्ता कैलाश खाकी श्रेष्ठले बिरामी नभईकन ध्यान दिने अवस्था नरहेको बताउँदै त्यो घातक हुने बताए ।

    उनले भने,‘पहिले पनि कोरोना निर्मूल भएको होइन । जीवनयापनको सुधारपनले समेत कोरोनासँग लड्न सक्ने अवस्था रहेछ भन्ने कुरा थाहा भएकै छ । थाहा पाएपछि जीवनस्तर सुधार्ने भन्दा पनि अगाडिबाटै सचेत हुनुपर्दछ । राज्यका तर्फबाट समेत प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।

    के खोप अझैं आवस्यक छ ?

    जनस्वास्थ्यका जानकारहरुका अनुसार कोरोनाको खोपले भनेको रोगसंग लड्न सक्ने शक्ति बढाउँछ र जोखिम पनि कम हुन्छ । त्यसकारण खोप लगाएर एक वर्ष कटिसकेकाले खोप लगाउन आवश्यक छ । हर्ड इम्युनिटिले नै अहिले हामी सुरक्षित रहेको भन्दै खोल अभियानलाई साथ दिनुपर्ने उनीहरुको मत छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली…

    केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

    ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    आर्थिक

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑