सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाउँदै चर्चामा आएकी रोशनी शाही आइतबार भक्तपुरको बालकोटस्थित डेरामा मृत फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ।
सूर्यविनायक नगरपालिका–३, बालकोटको बृहस्पति मार्गमा लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरेर बस्दै आएकी ५० वर्षीया शाही दिउँसो १:५० बजे आफ्नै कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दियो ।
प्रहरीका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र शवमा कुनै बाह्य चोटपटक देखिएको छैन। साथै घटनास्थलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी भइरहेको छ।
शाहीको स्थायी ठेगाना जाजरकोट जिल्ला भए पनि उनी केही समयदेखि काठमाडौं उपत्यकामा एक्लै डेरा गरेर बस्दै आएकी थिइन्। उनका श्रीमान् कामको सिलसिलामा विराटनगरमा रहेको र घटनाको जानकारी पाउँदै काठमाडौं आउँदै गरेको प्रहरीले जनाएको छ। मृतक शाहीका छोराछोरी भने विदेशमा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
पृष्ठभूमि : चर्चित महरा प्रकरण
रोशनी शाही तत्कालीन सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराविरुद्ध २०७६ सालमा यौन दुर्व्यवहार तथा बलात्कारको आरोप लगाउँदै सार्वजनिक भएकी थिइन्। शाहीले संसद भवन नजिकैको सरकारी क्वार्टरमा महराले जबरजस्ती गर्ने प्रयास गरेको आरोप लगाएकी थिइन्।
उक्त आरोपका आधारमा महराले सभामुख पदबाट राजीनामा दिएका थिए र उनलाई प्रहरी हिरासतमा लिइएको थियो। पछि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै महरालाई सफाइ दिएको थियो। यस घटनाले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको थियो।
शाही त्यसपछि सार्वजनिक जीवनबाट केही हदसम्म टाढा भएकी थिइन् तर उनको मानसिक स्वास्थ्यबारे समय–समयमा प्रश्न उठ्ने गरेका थिए।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा