सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको यसदिन ३१४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ६९ करोडको शेयर किनबेच भयो ।
आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहको शेयर झन्डै ४ प्रतिशतले बढेको छ भने होटल समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा