सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार २६ दशमलव १० अङ्कले बढेर २ हजार ६४० दशमलव ७८ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको यसदिन ३२६ वटा कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३२ करोड ६९ लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा, अन्य, लगानी समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा