सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्ग प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ अन्तर्गत विजेताहरूको घोषणा गरेको छ। बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न उत्प्रेरित गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरेको थियो।
बैंकका अनुसार महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरू नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन्। उनीहरूले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण अवसर प्राप्त गर्नेछन्। बैंकले उक्त अभियानमा नेपालभरका ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी दिएको छ।
यस किसिमको अभियानले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रवर्धन गर्दै नवीनतम भुक्तानी प्रणालीको प्रयोगमा अभिप्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग सेवालाई अझ सुरक्षित, अत्याधुनिक तथा सहज बनाउनका लागि आफ्ना सेवाहरू परिष्कृत गर्दै आएको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ, जसले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नेछ।
महालक्ष्मी विकास बैंकले यस अभियानमा सहभागी भएका सबै ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्दै विजेता ग्राहकहरूलाई विशेष बधाई दिएको छ। बैंकले आगामी दिनहरूमा पनि डिजिटल भुक्तानी प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा