सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी १२९ जना कर्मचारी माग गरेको छ ।
टेलिकमको केन्द्रिय कार्यालय पदपुर्ति समितिले आज एक सुचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि आवेदन माग गरेको छ ।
इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा