सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । निर्वाचन आयोगले थप भएका स्थानीय तहमा जेठ ३१ गते चुनाव सम्पन्न गर्न असम्भव रहेको निष्कर्ष निकालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय तह परिवर्तनसम्बन्धी मन्त्रिपरिषद् बैठकको निर्णयको औपचारिक पत्र प्राप्त भएको भएसँगै बिहिबार बसेको आयोगको बैठकले थपिएका स्थानीय तहमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउन असम्भव रहेको निश्कर्ष निकालेको हो ।
सरकारले केहिदिन अघि मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
त्यस अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको छ । सरकारको पत्र पाएपछि बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिवर्तन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण तयार गरी राजपत्रका प्रकाशित भएपनि निर्वाचन प्रयोजनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आयोगमा उपलब्ध गराउने व्यवस्था रहेको भन्दै सो विवरण अझैं आयोगमा प्रप्त नभएको बताए ।
परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको बडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएका मतदाता नामावली जेठ १५ गतेसम्ममा गाउ तथा नगरपालिकाको केन्द्रमा पुर्याउन प्राविधिक रुपमा असम्भव रहेको आयोगको भनाई छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा