• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  प्रदेश

    जमरा पुल–बसपार्क सडकखण्डमा राखिने डिभाइडर दुर्घटनाको मुख्य कारण बन्न सक्ने खतरा

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ १५, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६१९ पटक पढिएको
  • यज्ञराज उपाध्याय, टीकापुर । सडक सुरक्षाका दृष्टिले उपयोगी नमानिने मेडियन (डिभाईडर) टीकापुरमा दुर्घटनाको मुख्य कारण बन्ने देखिएको छ । टीकापुर नगरपालिका(१ जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडकखण्डमा निर्माण कम्पनी के.एस कन्ट्रक्सनले मेडिएन राख्न सुरु गरेसँगै यो विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको हो ।

    के.एस कन्ट्रक्सनले सडकको डिजाइनअनुसार केही दिन अघि देखि मेडियन राख्न सुरु गरेको हो । अहिलेसम्मको यसको प्रयोगले सडक दुर्घटना कम गर्ने भन्दा पनि बढीरहेका कारण धेरै ठाउँका पालिकाले यसलाई हटाउन पहल गरिरहँदा टीकापुरमा भने यसको अभ्यास सुरु भएको छ । उदाहरणमा कैलालीकै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाले सडकका डिभाइडर व्यवस्थापन गर्नुपर्ने भन्दै सम्बन्धित निकायमा निवेदन पेश लगायत पहलकार्य अगाडी बढाइरहँदा टीकापुरमा यसको प्रयोग जोखिमपूर्ण हुने देखिएको छ ।

    नागरिक समाज टीकापुरका संयोजक भिमराम चपाई टीकापुरमा डिभाईडर उपयोगी नहुने र यसले दुःखद दुर्घटनाहरु बढ्ने बताउनुहुन्छ । उहाँले बेकामको यो डिभाइडर तटबन्धनमा प्रयोग गर्दै बीचमा ग्रीनरी वा क्यारी हुनुपर्ने बताउनुभयो । संयोजक चपाईले स्थानीय तहसँग योजना शाखा हुँदाहुँदै नागरिक स्तरसम्म यसको वास्तविक जानकारी, सचेत बनाउने काम नभएको र यसकै कारण ठूलो दुर्घटना भएपछी होस खुल्नुभन्दा अहिलै सचेत हुनुपर्ने दाबी गर्दै अरुले छाडेको कुरालाई टीकापुरमा ल्याउनु अनावश्यक भएको बताउनुभयो । “सुरक्षाका हिसाबले यो डिभाइडर टीकापुरको त्यो पनि मुख्य सडकमा कत्ति पनि उपयोगी छैन बरु यसलाई तटबन्धनको लागि प्रयोग गरेर अन्य विकल्प अपनाउनु राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “हामीसँग स्थानीय तहमा योजना शाखा छ, उसले यसबारे नागरिकस्तरसम्म सचेत बनाउने काम गर्नुपर्छ, यसले क्षती निम्त्याइसकेपछि होस खुल्नुको साटो अहिलै यसबारे गम्भीर हुनु आवश्यक छ ।”

    त्यस्तै बिरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्क भण्डारी पनि यो आवश्यक नरहेको बताउनुहुन्छ । उहाँका अनुसार सामान्य समयमा पनि मोटरसाइकल चलाउदा यसकै कारण दुर्घटनाको डर हुन्छ । “यसको विकल्प रोज्नुपर्छ, मलाई त यो खासै उपयुक्त लागेको छैन,” भण्डारीले भन्नुभयो, “यसबारे सबैले सचेत भएर सुरुमै आवाज उठाउदा राम्रो होला ।”

    अहिले कन्ट्रक्सनले जमरा पुलदेखि भानुचौकसम्म मेडियन (डिभाईडर) राखेको छ । सर्भिस लेन छुट्याउन राखिने यसको महत्व अलग्गै छ तर पनि पछिल्लो समय डिभाइडरकै कारण सडक दुर्घटना बढेको तथ्यांकले देखाउँछ ।

    स्थानीय लोक बहादुर बुढाक्षेत्रीले योजनाबद्ध रुपमा विकासको गतिमा रहेको टीकापुरमा एकाएक यस्ता अनावश्यक कुराले आगामी दिनमा दुस्ख बाहेक केही नदिने बताउनुभयो । आफ्नो क्षेत्रभित्र हुने विकास निर्माणका काममा स्थानीय तहले ध्यान दिनुपर्ने दाबी गर्दै खासमा स्थानीय तहकै लापरबाही भएको आरोप लगाउनुभयो । उहाँले यी डिभाइडरकै कारण टीकापुरका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्ने भन्दै यसको समाधान खोजिनुपर्ने बताउनुभयो । “यसले भोलिका दिनमा यहीँका कतिको ज्यान लिन्छ थाहा छैन, त्यसैले यो टीकापुरलाई आवश्यक हुँदै होइन,” उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो क्षेत्रमा भइरहेका कामबारे सचेत हुनुपर्छ तर यहाँ स्थानीय तहको लापरबाही देखिन्छ ।”

    यता टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु यो विषयमा आफुसँग छलफल नभएको बताउनुहुन्छ । मेयर डगौराले उपयुक्त नभएको स्विकार्दै यस विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो खासमा उपयुक्त त हैन दुर्घटनाका हिसाबले तर मसँग यस विषयमा छलफल नै भएको छैन । नगरपालिकाले यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।”

    उपप्रमुख खडक शाहले पनि डिभाइडर आवश्यक नभएर क्यारीका लागि छलफल गरेता पनि डिजाइनमा यहि भएकाले निर्माण कम्पनीले यहि राखेको हुनसक्ने बताउनुभयो । यस बारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको र यो संघको बजेट भएकाले प्रक्रियागत रुपमा माथिल्ला निकायमा जानकारी हुने समेत बताउनुभयो । “डिजाइनमै डिभाइडर राख्ने भएकाले यहि राखिएको हुनसक्छ तर यो उपयुक्त भने होइन, मैले त बरु क्यारी बनाएको भए हुनेमा जोड दिएको हो,” उप प्रमुख शाहले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको छौं, आज फेरि कुरा गर्छु । प्रक्रियागत रुपमा अन्य सम्बन्धित निकायमा पुग्ला ।”

    निर्माणाधीन यस सडकको जिम्मेवारी पाउनुभएका साइड इन्चार्ज तथा संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर मोहनराज अवस्थीले डिजाइनमै त्यही भएकाले सोही अनुसार काम भएको बताउनुभयो । उहाँले नगरपालिकाका उपप्रमुखसहित अन्य सँग छलफल समेत गरिएको बताउदै बीच सडकको काम सकिएपछी डिभाइडर राख्ने काम निर्माण कम्पनीले गरिरहेको र डिजाइनमा यहि भएकाले यसको विकल्प अन्य नभएको समेत जानकारी दिनुभयो । “डिजाइनमा यहि भएकाले डिभाइडर राखिएको हो,” उहाँले भन्नुभयो, “उप प्रमुख लगायतसँग छलफलसमेत गरेका थियौं, डिभाइडर नै डिजाइनमा भएकाले अन्य विकल्प छैन ।”

    इन्जिनियर अवस्थीले यसले दुई लेन छुट्याउने काम गर्ने भएकाले दुर्घटनाका घटना नहुनेसमेत दाबी गर्नुभयो । उहाँले सर्भिस लेनसँगै दुबै तर्फ ग्रीनरी रहेको र त्यसपछि फुटपाथ रहेको जानकारी दिनुभयो ।

    यो सडकलागि लागि शहरी विकास तथा भवन निर्माण विभागले बजेट छुट्याएको थियो । २०७५ फागुन ६ गते लगभग साढे १४ करोडमा सम्झौता गरिएको यो सडकको ७० प्रतिशत काम सकिएको बताइएको छ । अब बाँकी ३० प्रतिशत काम बैशाखसम्म सकिने निर्माण कम्पनीले बताएको इन्जिनियर अवस्थीले जानकारी दिनुभयो । अहिले उक्त सडकमा डिभाइडर राख्ने काम भइरहेको छ । जमरा पुलदेखि भानु चौकसम्म डिभाइडर राख्ने काम सकिएको छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑