• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  मुख्य समाचार

    जनतासँग प्रत्यक्ष महत्व राख्ने मन्त्रालयमा हाम्रो दाबी रहन्छ: रास्वपा

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ पौष १७, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४६३ पटक पढिएको
  • काठमाडौँ, १७ पुस । छोटो समयमा जनतामाझ लोकप्रिय भएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) यतिबेला सत्ता समीकरणको खेलमा छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरि २० सांसदसहित चौथो पार्टीको रुपमा सरकारमा सहभागी रास्वपाले उपप्रधान एवं गृह मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय पाएको छ ।

    यसका अलावा पार्टीले अन्य कुन कुन मन्त्रालयमा दाबी गरेको होला भन्ने जनचासो रहेको छ । एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरिरहेको सरकारमा रास्वपा सभापति रबि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी हुनुलाई समेत महत्वका साथ हेरिएको जानकारहरु बताउछन् ।

    “हिजोका दिनमा जसले राजनीतिलाई सहि दिशाबाट अगाडी बढाउन सकेन, व्यवस्था बदले पनि अवस्था बदल्न सकेनन्, यिनीहरुलाई रोक्नुपर्छ भन्दै विरोध गर्ने पार्टी नै आज उनीहरुसँग मिलेर सहभागी हुनु संयोग वा योजना बुझ्न गार्हो छ,” एक राजनीति कर्मीले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन हतार नगरेको भए हुन्थ्यो, किनकी आर्थिक रुपले वा स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार लगायत अन्य हिसाबले अहिले सरकार सञ्चालन चुनौतीपूर्ण छ, नेतृत्व असफल भए वा नेतृत्वले पुरानै रवैयामा सरकार सञ्चालन गरे त्यसको प्रत्यक्ष असर रास्वपालाई पनि पर्छ र युवाप्रतिको अहिलेको आकर्षण पनि हराउछ ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीप्रति झुकाव राख्ने एकथरी युवाको भनाई पनि यस्तै छ भने अर्काथरी युवा सडक र सदनबाट मात्र नभई सरकारमै गएर मात्र आफ्ना एजेन्डा अनुसार काम गर्न सहज हुने भएकाले रास्वपा सरकारमा जानू राम्रो भएको बताउँछन् । “सञ्चारमाध्यम, सडक, सदनबाट कराएर मात्र केही हुँदैन । मौका आएको बेला त्यसको सहि सदुपयोग गरेर सरकारमै सहभागी हुँदै आफ्ना प्रतिबद्धताहरु पूरा गर्न सकिने भएकाले यसलाई गलत भन्न मिल्दैन,” रास्वपामा आवद्ध एक युवाले भने, “आफ्ना एजेन्डा अनुसार काम गर्न सके जनताले अर्को पटक देशकै नेतृत्व गर्नसक्ने गरि विश्वासका साथ मत दिन सक्छन् त्यसैले सदन, सडकभन्दा पनि सरकारबाटै काम गर्ने मौकालाई पार्टीले सदुपयोग गर्नु त राम्रो कुरा हो ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले राजनीति सम्भावनाको खेल भएकाले अहिले पार्टी सरकारमा जानू संयोग वा योजना केही नभई आवश्यकता भएको बताउँछन् । कुनै एक दलले मात्र सरकार बनाउन नसक्ने अवस्था भएकाले मिलेर सरकार बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरेर नै रास्वपा सरकारमा सहभागी भएको उनको धारणा छ । “राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुनु कुनै संयोग वा पुर्वयोजना केही होइन यो आवश्यकता हो”, उनले भने, “हामीलाई आफ्ना एजेन्डाहरुका साथ काम गर्ने अवसर पनि हो यो । यसमा चुनौती त धेरै छन् तर पनि पार्टीको प्रतिबद्धता र एजेन्डाका आधारमा हामीले काम गर्छौं ।”

    रास्वपाले सुरुमै एक महत्वपूर्ण मन्त्रालय पाइसकेपछी अब अन्य कुन मन्त्रालयमा दाबी हुनसक्छ भन्ने विषयमा उनले जनतासँग प्रत्यक्ष महत्व राख्ने मन्त्रालयमा पार्टीको दाबी हुने बताए । तथापि अहिले नै कसले कति मन्त्रालय पाउने निक्र्योल भइनसकेको र प्रधानमन्त्रीले यस विषयमा सरकारमा कुन कुन दललाई सहभागी गराउने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा दलहरुसँग छलफल गरिरहेको र आधिकारिक कुरा बाहिर आइनसकेकोसमेत उनले जानकारी दिए । पार्टी भित्रसमेत यस विषयमा छलफल भइरहेको जानकारी दिदै केही दिनमै पार्टीले निर्णय गर्ने बताए । “रास्वपाले गृह पछि जनतासँग प्रत्यक्ष महत्व राख्ने जस्तै स्वास्थ्य, शिक्षा, कृषि जस्ता मन्त्रालयमा दाबी गरेको छ तर पनि हाम्रो पार्टीले कति मन्त्रालय पाउने भन्ने नै फाइनल नभएकोले ठ्याक्कै भन्न सकिँदैन”, उनले भने, “सरकारमा कस-कसलाई सहभागी गराउने भन्नेमा प्रधानमन्त्रीले छलफल गतिरहनुभएको छ, पार्टी सभापति सँग पनि छलफल भएकै होला ।”

    उनले अहिलेको चुतौतिपुर्ण अवस्थामा पार्टी सरकारमा सहभागी भएको र गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएकोले पार्टीका केही महत्वपूर्ण एजेन्डा अनुसार काम हुनेमा विश्वस्त हुने आग्रह गरे ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑