• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    होमपेज /  मुख्य समाचार

    दुई स्वतन्त्र मेयरको जुहारी : युवाहरुको प्रतिक्रिया ‘दूध धेरै उम्लिए पोखिन्छ’

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र ३, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ७९१ पटक पढिएको
  • काठमाडौं । यतिबेला सामाजिक सञ्जाल तातिएको छ कारण दुई स्वतन्त्र मेयर बालेन्द्र शाह उर्फ बालेन र हर्क साम्पाङको जुहारी हो ।

    धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएर बिना चिच्याहट चुनाव जितेका मेयर साम्पाङ यो विवादअघि आफ्नो फ्यानफ्लोइङमा राष्ट्रिय जगतमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमै भाइरल भएका थिए आफ्नो कामले । उनी सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै सक्रिय मेयर पनि हुन जो सायद एक घण्टाको फरकमा एकदुई वटा स्टाटस वा भिडियो पोस्ट नगरी बस्नै सक्दैनन ।

    धरानमा खानेपानी लगायत समग्र विकासको खाका बोलेर संघीय सरकारसँग समन्वय गर्न र आवश्यक बजेट माग्न गत शनिबार मात्र काठमाडौं झरेका साम्पाङ त्यसकै पछिल्लो दिन विवादमा परिहाले । जनताको राम्रो समर्थन अझ भनौ राजधानी जस्तो ठाउँमा राजनीतिक दलका उम्मेदवारलाई हराएर चुनाव जितेका बालेन शाहका समर्थक निकै धेरै छन । उनलाई काठमाडौंका भोटरले मात्र नभएर काठमाडौंमै बस्ने लाखौं जनताले मन पराउछन ।

    तिनै बालेनलाई घोच्ने गरि उनले साम्पाङले यस्तो स्टाटस पोस्ट गरे, “काठ्माण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !”

    उनी यत्तिमै रोकिएको भए सायद त्यति विवादमा पर्थेनन् त्यसपछी काठमाडौंको फोहोर व्यवस्थापनकै विषयमा लेखिरहे । लेख्दा लेख्दा अन्तत: काठमाडौंका मेयर बालेनले समेत उनको स्टाटसमा कमेन्ट गर्न पुगे, जसलाई अहिले दुई मेयरको दोहोरी वा जुहारी भनेर चर्चा परिचर्चा भइरहेको छ । धरान पुगिसकेपछि साम्पाङको स्टाटस थियो, “जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे ! 😃” दुरुस्त यस्तै थियो । यसमै बालेनले साम्पाङकै शैलीमा कमेन्ट बक्समै प्रतिक्रिया दिए, “होनि तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको होनि !” उनले यो अङ्ग्रेजीमा लेखेका छन् । यसपछी सुरु भयो खिचातानी, विवाद ।

    धरानका मेयर साम्पाङ त्यतिमै रोकिएनन् धरान पुगिसकेपछी युट्युबरहरु र केही स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै उनले खुलेरै बालेनको विरोध गरे । उनले भनेका छन्, “हावामा र्‍याप गाएर आएको हो बालेन शाह, मेरो जस्तो संघर्ष बालेनले गरेको छैन ।” साम्पाङले यत्ती भनेको भिडियो अहिले टिकटक, फेसबुकमा जताततै भाइरलै बनेको छ । यसपछि साम्पाङको गाली खाने, विवादित हुने दिन सुरु भए । राम्रो प्रतिक्रिया पाइरहने उनले अहिले फेसबुककै कमेन्ट बक्समा बढी गाली खान्छन्, सभ्य नागरिकले पनि सभ्य भाषामै उनको दोष देखाउने प्रतिक्रिया लेख्छन् । तर उनी यी सबैको मतलब नगरी अझै लेखिरहेकै छन्, धरान भन्दा काठमाडौंको फोहोरको विषयमा बोलिरहेकै छन् । शुक्रबार मात्र उनले सार्वजनिक विदाको दिन भन्दै “सत्य स्विकार्न साहस चाहिन्छ ! फोहोरको राजनीति खासमा के हो ?” भन्ने शिर्षकमा एउटा लाइभ भिडियो राखेका छन् । त्यो भिडियो त झन विवादित बन्दै गएको छ । सामान्य भाषामा भन्दा विवाद उत्कर्षमै पुगेको छ तर बालेन शाह त्यो कमेन्ट पछि अहिलेसम्म मौन नै छन् । उक्त भिडियोमा उनले ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित सिधा कुराको धरानमा फोहोर नदेख्ने भन्दै बनाइएको रिपोर्टको खण्डन गर्दै धरानको शहरमा फोहोर नभएको र डम्पिङ साइटको फोटो हालेर रिपोर्ट बनाइएको भनेको छन । सो भिडियोमा उनले काठमाडौंमा बिजोग भएको भन्दै काठमाडौंको फोहोर नगरपालिकाले मात्र नभएर सम्बन्धित मन्त्रालय, नागरिक अगुवा, राजनीतिक दलहरु सबै मिलेर उठाउनुपर्ने सल्लाह दिदै आफुले मन्त्रालयमा मन्त्री संग पनि कुरा राखेकाले सबैले मिलेर गर्नुपर्ने बताएका छन् । यो सुझाव त ठिकै हो तर उनको बिना अर्थको आक्रामक अभिव्यक्तिहरुको चौतर्फी विरोध भइरहेको छ ।

    उनको यहि भिडियो शेयर गर्दै चर्चित सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भनेकी छन्, “जिम्मेवार पदमा पुगेपछी पदिय मर्यादाको पनि ख्याल गर्नुपर्छ मेयर साप!यो त अलि बढी नै भयो ! You are a nice mayor but ….” उनको प्रतिक्रिया जस्ताको तस्तै हो यो ।

    त्यस्तै दैलेख ठेगाना रहेकी सामाजिक अभियन्ता रमा वलीले पनि त्यही भिडियो शेयर गर्दै लेखेकी छन्, “एउटा मेयर जस्तो गरिमय पदमा बसेको मान्छेले यसरी अमर्यादित ढंगले असभ्य शैलीमा प्रस्तुत हुने तपाईको कस्तो चरित्र हो? मेयर हर्क साम्पाङ ज्यु,, देशको माया तपाईँलाई मात्र छैन। बोल्दा मर्यादामा रहनुहोस ।”

    यी सभ्य प्रतिक्रिया हुन, प्रतिक्रिया मात्र हैनन् पहिला देखि नै समर्थन गरेको भएर सुझाव पनि हुन । तर यो भन्दा निकै तल्लो स्तरका प्रतिक्रियाहरु साम्पाङले अपडेट गर्ने स्टाटसका कमेन्टमा जति पनि पढ्न सकिन्छ । बालेनका समर्थकले बालेनले अहोरात्र खटेर काम गरिरहेको जनाउदै धरान र काठमाडौंमा फरक भएकाले धेरै चुरिफुरी नदेखाउन र दूध धेरै उम्लिए पोखिन्छ भन्दै साम्पाङको विरोध गरिरहेका छन् । हेरौं यो विवाद कहाँसम्म अगाडी बढ्छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑