सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अस्ट्रेलियाको मेलबर्नका एक व्यक्ति एकरातमै करोडपति बनेका छन् । बेलुकी सुतेर बिहान उठ्नेबेलासम्म उनी करोडका मालिक भैसकेका थिए ।
उनलाई एक रातमै २२ करोडभन्दा बढीको चिठ्ठा परेपछि उनी क्षणभरमै यतिधेरै धनि भएका हुन् ।
उनले किनेका दुईवटा चिट्ठामध्ये दुईवटै चिठ्ठा उनैलाई परिदियो । उनी राती ब्युँझिएको समयमा समय कटाउन जब टिभी खोलेका थिए, टिभीले उनलाई परेको चिठ्ठाको नम्बर भनिरहेको थियो । सुरुमा त पत्यार नलागेपनि पछि निश्चित भएपछि भने उनी औधी खुशी भए ।
एकै रातमा करोडौंको मालिक बनेका यी व्यक्तिले चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहेको बताएका छन् । – एजेन्सी
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा