सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हटाइएको हिन्दु राज्य र राजसंस्थाबारे पुनर्विचार गर्ने आश्वासन दिएको छ । यसअघि एकलौटीरुपमा राप्रपाको विधानबाट हिन्दु राज्य र राजसंस्था हटाइदिएको आयोगले राप्रपालाई यस्तो आश्वान दिएको हो ।
राप्रपा अध्यक्ष एबम् उपप्रधानमन्त्री कमल थापासँग सोमबार बिरोध पत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अाफूहरु छलफलका क्रममा रहेकाले यस विषयमा पुनर्विचार गरिने आश्वान दिए ।
पार्टीको बिधानबाट हटाएको हिन्दु राज्य र राजसंस्थाको बिषयलाई लिएर राप्रपाले सोमबार काठमाडौंलगायत देशभर विरोधका कार्यक्रम गरेको थियो । उक्त पार्टीले देशभर र केन्द्रमा निर्बाचन आयोगको कार्यलय बहादुर भबनमा बिरोध पत्र बुझाएको छ ।
केन्द्रीय कार्यलयमा बिरोध पत्र बुझ्दै प्रमुख आयुक्तको सो भनाईसँगै राप्रपाका नेता कार्यकर्ता केही शान्त बनेको थियो । राप्रपाले राप्रपाको बिधानबाट हिन्दु राज्य र राजसंस्था हटाएको भन्दै आन्दोलन शुरु गरेको छ ।
सोमबार काठमाडौंमा भएको विरोध कार्यक्रमका क्रममा राप्रपा बरिष्ठ नेता पशुपति शम्सेर राणा, केन्द्रीय सदस्य कोमल वलीलगायत थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा