सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भएको मतदानको गणना जारी छ ।
शुक्रबार काठमाडौं ४ का रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधि सुमित खरेलले रास्वपा जितको नजिक रहेको दाबी गरे ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले प्रत्येक ठाउँबाट ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेकाले रास्वपाका उम्मेदवार जित नजिक रहेको दाबी गरे ।
खरेलले ठुलो संर्घष र राष्ट्रिय राजनीतिका आयामले गर्दा मुस्किलले विजय हुने अनुमान गरेपनि सोचेभन्दा फरक पाएको उल्लेख गरे ।
अब रास्वपाले संसदमा प्रस्तुती र स्थानीय जनताले राखेको अपेक्षा, नागरिकका समस्या, वर्षौदेखि रोकिएको खानेपानी जस्ता समस्या मिलेर समाधान गर्नुपर्ने बताए ।
उक्त क्षेत्रमा कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा एमालेबाट डा.राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल र अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा